असार ३०, २०८२ सोमबार July 14, 2025

घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना

सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दोधारा चाँदनी (कञ्चनपुर), ३० असारः  शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्युभयो ।
त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका – १५ का दिपेन्द्र चन्दको मृत्युभयो । सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्युभयो । एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा कञ्चनपुरमा सडक दुर्घटना बढ्दो छ ।  सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन । गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ४३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा ५६ सवारी दुर्घटना भएका छन् । यसमध्ये ३२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जसमा ४५ जना गम्भीर घाइते भएका थिए, भने २९ जना सामान्य घाइते भएका थिए ।
त्यसैगरी सवारी दुर्घटनाबाट ६ वटा चौपायाकोसमेत मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० मा ६३ वटा सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्युभयो भने ५९ जना घाइते भए । आर्थिक वर्ष २०७८-७९ मा ९३ सडक दुर्घटना भएकोमा ३५ जनाको मृत्यु भएको छ, भने ६३ घाइते भएका छन । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल छ । तीन वर्षमा  पाँच सय १४ मोटरसाइकल दुर्घटना भएका छन् ।
सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया बताउँछन ।  “साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप छ ।” उहाँले भन्नुभयो–“त्यसमा पनि चालकले ट्राफिक नियमको पालना नर्गदा सवारी दुर्घटना बढ्दै गएका छन् ।” उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो ।
“अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउने गरेका छौँ ।” उहाँले भन्नुभयो–“विभिन्न समयमा चालकहरुसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ ।” यहाँका स्थानीय विष्णु जोशी भने सवारी दुर्घटनामा राज्य र नागरिक उत्तिकै दोषी देख्नुहुन्छ । “सवारी चालक स्वयम् सचेत भए दुर्घटना न्यूनीकरण हुन्छ ।” उहाँले भन्नुभयो–“चालकले थाहा पाएर पनि ट्राफिक नियम मान्दैन, त्यसको नियमन गर्ने निकाय मौन छ ।” उहाँले  अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताउनुभयो ।
चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको अर्का स्थानीय सरस्वती भट्ट बताउँछन् । “सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला ।” उहाँले भन्नुभयो–“फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुबैले लापरबाही गरेको हुन्छ ।” उहाँले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार