असार ३१, २०८२ मंगलबार July 15, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने

राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एन्ड्रु, संयुक्त राज्य अमेरिका, असार ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै हुनुहुन्छ । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गर्नुभएको छ ।

“हामी उहाँहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,” ट्रम्पले आइतबार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सङ्केत गर्दै भन्नुभयो । उहाँले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाउनुभएन तर उहाँले ‘कडा वक्तव्य दिने’ बताउनुभएको छ । राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुग्नुभएको छ ।

ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ । नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मङ्गलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

रुटको ओभल अफिसको सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि बन्द खुला रहने छैन । ट्रम्पले भन्नुभयो, “हामी मूलतः उनीहरूलाई  सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ र उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्नेछन् ।” “यो हाम्रो लागि व्यापार हुनेछ,“ उहाँले थप्नुभयो । ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्याउनुभएको छ ।

“पुटिनले धेरै मानिसहरूलाई आश्चर्यचकित पार्नुभएको छ । उहाँले दिनमा राम्रो कुरा गर्नुहुन्छ र त्यसपछि साँझमा व्यापक गोलावारी गर्नुहुन्छ,” आइतबार न्यूजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कने क्रममा ट्रम्पले भन्नुभयो । गत हप्ता ट्रम्पले पुटिनले युक्रेनबारे वासिङ्टनमाथि ‘बकवास’ गरेको आरोप लगाउनुभएको थियो । गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै ट्रम्पले युक्रेनमा जारी युद्धलाई छिटो अन्त्य गर्न रुसी नेतासँग मिलेर काम गर्न सक्ने बताउनुभएको थियो ।

तर रुसले अमेरिका र युक्रेनले प्रस्ताव गरेको युद्धविरामको प्रस्तावलाई महिनौंदेखि अस्वीकार गर्दै आएको छ । ट्रम्पले मस्कोमाथि प्रतिबन्ध लगाउन आफू तयार हुन सक्ने सङ्केत गर्नुभएको छ त्यसैका लागि अमेरिकी संसदमा निवारक प्याकेजको लागि गति बढिरहेको छ । रुसविरुद्ध कुनै कर लगाउने कि नलगाउने भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “ठीक छ, हामी भोलि के आवश्यक देख्ने छौँ ? त्यही गर्नेछौँ ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार