असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाकाे ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित प्रेस व्रिफिङ्गका क्रममा प्रवक्ता प्राडा. जागेश्‍वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ३ जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय पुरुष छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया