असार ३१, २०८२ मंगलबार July 15, 2025

तेस्रो टेस्टमा वेस्ट इन्डिज २७ रनमै समेटिँदा अस्ट्रेलियाको शानदार जित, स्टार्क चम्किए

मिचेल स्टार्कको घातक बलिङमा अस्ट्रेलियाको क्लिन स्विप, वेस्ट इन्डिजको टेस्ट इतिहासको दोस्रो सानो स्कोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात पारेको छ। वेस्ट इन्डिज २७ रनमा रोकिएपछि अस्ट्रेलियाले १७६ रनको जित हात पारेको हो।

अस्ट्रेलियाले पहिलो पारीमा २२५ रन जोडेको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा १४३ रनको योगफल खडा गरेको हो। अस्ट्रेलिया पनि दोस्रो पारीमा १२१ रनमा सीमित भएको थियो।

सो खेलमा १०० औँ टेस्ट खेली रहेका मिचेल स्टार्क छाए। उनले सबिना पार्कमा तेस्रो दिन पहिलो ओभरमा नै तीन विकेट लिए। उनले ४०० टेस्ट विकेट पुरा गरे भने सबै भन्दा छिटो ५ विकेटको सफलताको कीर्तिमान पुरा गरे। ७.३ ओभरमा ९ रन खर्चेर उनले ६ विकेट लिए। स्कट बोल्यान्डले ह्याट्रिक गरे।

वेस्ट इन्डिजका जस्टिन ग्रेभ्सले सर्वाधिक ११ रन जाडे। अन्यले दोहोरो अङ्क छुन सकेनन्। वेस्ट इन्डिजको यो स्कोर टेस्ट इतिहासमै दोस्रो सानो स्कोर हो।यसअघि सन् १९५५ मा इङ्गल्यान्डले न्युजिल्यान्डलाई २६ रनमा सीमित गरेको थियो।

स्टार्कको घातक स्पेल भन्दा अघि अस्ट्रेलियाको पारीमा वेस्ट इन्डिजका बलर अलमारी जोसेफ छाएका थिए। उनले २७ रन खर्चेर ५ विकेट लिएका थिए। जोसेफ र समार मिलेर अस्ट्रेलियाको अन्तिम ९ विकेट २२ रनको अन्तरमा लिए।

जितसहित अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा क्लिन स्विप गरेको छ। मिचेल स्टार्क म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार