असार ३२, २०८२ बुधबार July 16, 2025

आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वनको अवस्था र समितिको कामकारबाहीको समीक्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वनको अवस्था र समितिको कामकारबाहीको समीक्षा हुनेछ ।

बिहान ११ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक पनि बस्दै छ ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्राप्त प्रगति विवरणलगायत समसामयिक विषयमा छलफल हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया