असार ३२, २०८२ बुधबार July 16, 2025

सुनचाँदीको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला २२६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया