काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ।
नगरसभाको १६औं अधिवेशनले चालुखर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रहेको छ। सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२ /८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे।
उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्नुहुँदै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वानसमेत गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया