श्रावण १, २०८२ बिहिबार July 17, 2025

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन्।

बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ। राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्छ र त्यसपछि मात्र मुलुकले सभ्य इतिहास रच्न सक्छ।’

हालको आर्थिक सूचकाङ्कले मुलुक ओरालो लागेको संकेत गरिरहेको उल्लेख गर्दै उनले राज्यको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा राखे। ‘आजको तथ्यांकले हामीलाई गिज्याइरहेको छ। हामी ओरालो लागिरहेका छौं,’ मन्त्री भण्डारीले भने।

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले औद्योगिक पार्क निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

विकसित औद्योगिक मुलुकहरूबाट सिक्ने समय आएको बताउँदै मन्त्री भण्डारीले अब राज्यले उद्योगीलाई ‘सहज र सुविधासम्पन्न’औद्योगिक पूर्वाधार उपलब्ध गराउनुपर्ने समय आएको बताए।

उनले भने, ‘औद्योगिक पार्क बनाउँदा त्यहाँ सडक, बिजुली, पानीलगायत सम्पूर्ण पूर्वाधार उपलब्ध हुनुपर्छ, कुनैपनि उद्योगि, व्यवसायीले जग्गा, पूर्वाधारमा लगानी गरेर उद्योग सञ्चालन गर्न कठिन छ। आजका विकशित औद्योगिक रुपमा सम्पन्न भएका मुलुकहरुबाट धेरै कुरा सिक्न जरुरी छ। औद्योगिक पार्क बनाउनुपर्यो, त्यसका आर्कषक औद्योगिक क्षेत्र जहाँ बाटो होस्, बिजुली होस्, पानी होस्, त्यहाँ सबै वस्तुहरु हुनुपर्छ। पूर्वाधार तयार भैइसकेपछि हामीले उद्योगलाई आमन्त्रण गर्ने हो पूर्वाधारका सवालमा।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार