श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’

मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, १ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका–१६ रामपुर कैलालीले आज यहाँ आयोजना गरेको बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महामहोत्सव, २०८२ को उद्घाटन गर्दै उहाँले मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगङ्गा नदीमा पुल निर्माणमा भएको ढिलाइका कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई निर्देशन दिनुभएको छ ।

साथै मुख्यमन्त्री शाहले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब रु १३ करोड बजेट यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार