श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रचण्ड र शेखरबीच समसामयिक राजनीतिमाथि छलफल, सरकारले जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष

दुबै नेताले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच समसामयिक राजनीतिबारे व्यापक छलफल भएको छ।

बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा दुबै नेताले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।

माओवादी अध्यक्षको सचिवालयका अनुसार भेटका क्रममा सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालिएको छ। प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जनभावना अनुसार सरकारको कार्यप्रणाली नदेखिएको र एक वर्षको अवधिमा शासन प्रणालीमा विकृति बढेको दुबै नेताको साझा धारणा रहेको बताए।

‘सरकारले राम्रो काम गर्न सकेन, भ्रष्टाचार र बेथिति बढाएको छ,’ आचार्यले भने, ‘आशाभन्दा निराशा बढाउने निर्णयहरू भएका छन्।’

दुवै नेताले सरकारका नीति, निर्णय र कार्यशैलीप्रति सार्वजनिक रूपमा पनि आवाज उठाउने सहमति बनाएको जनाइएको छ।

डेढ घण्टा लामो उक्त भेटवार्तामा भविष्यमा जनताको पक्षमा जिम्मेवार ढंगले भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार