असार २२, २०८२ आइतबार July 6, 2025

विश्व किर्तिमानधारी धावक उसेन बोल्टलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व किर्तिमानधारी धावक उसेन बोल्टलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गत हप्तामात्र ३४ औं जन्मदिन मनाएका बोल्ट कोरोना संक्रमणपछि घरमै आइशोलेशनमा बसेका छन् ।

जमैकाको स्वास्थ्य मन्त्रालयले बोल्ट संक्रमित भएको सोमबार पुष्टि गरेको हो । उनले सोमबार मात्र भिडियोमार्फत् रिपोर्टको प्रतिक्षामा रहेको बताएका थिए । एक सय र दुई मिटर तर्फ एथलेटिक्सका विश्व किर्तिमानधारी बोल्टले यसलाई सहज रुपमा लिएर क्वारेन्टाइनमा रहेको जनाएका छन् ।

बोल्टले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको समेत बताएका छन् । उनले शुक्रबार जन्मदिन मनाएपछि शनिबार परीक्षण गरेका थिए ।

सन् २००८, २०१२ र २०१६ गरी लगातार तीन ओलम्पिकमा एक सय र दुई सय मिटर दौडमा स्वर्ण पदक जित्ने किर्तिमान बोल्टको नाममा मात्र छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार