श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेसका देउवानिकट पूर्वपदाधिकारीको चाक्सीबारीमा गोप्य बैठक

आगमाी १५ औं महाधिवेशनमा साझा लाइन बनाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका केही प्रभावशाली पूर्वपदाधिकारीहरू सोमबार दिउँसो चाक्सीबारीस्थित उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा छलफलमा जुटेका छन्।

छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसिनियर नेता विजयकुमार गच्छदार, पूर्वमहानगर समन्वयक विमलेन्द्र निधि, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वसचिव कृष्णप्रसाद सिटौला र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए।

यसअघि पनि सभापति शेरबहादुर देउवानिकट यी नेताहरूले निधि र कोइरालाको निवासमा यस्तै गरी बैठक गर्दै आएका थिए।

सोमबारको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्रको गुटगत सन्तुलन, नेतृत्वको भूमिकालगायत विषयमा गहन छलफल भएको स्रोतले बताएको छ। साथै आगामी १५ औं महाधिवेशनलाई लक्षित गर्दै एउटै धार बनाएर अघि बढ्ने रणनीतिमाथि विशेष छलफल भएको बताइएको छ।

यस प्रकारको निरन्तर छलफललाई कांग्रेसभित्र शक्ति सन्तुलन, नेताहरूबीचको सहकार्य र भावी नेतृत्व निर्माणको संकेतका रूपमा विश्लेषण गरिँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार