श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यू–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको हो । उनीहरूलाई चेतनारायण श्रेष्ठले प्रशिक्षण दिने छन् ।

प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमध्ये पाँच गोलरक्षक, नौ डिफेन्डर, सात मिडफिल्डर, सात विंगर र सात फरवार्ड छन् । गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिप खेलेका २३ मध्ये २२ खेलाडीलाई यू–१७ च्याम्पिनयसिपको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रारम्भिक चरणमा बोलाएका खेलाडीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, भूपिका शाही, सबनम राई, दीक्षा रायमाझी, मीना चन्द, रेजिना लामा, अलिजाकुमारी बिक, ग्यान्सु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, अंशु विक, रबिना विक, आयुषा गुरुङ, डिकी स्याङ्बो तामाङ र कृतिशा तामाङ छन् ।

यस्तै मीनमाया श्रेष्ठ, सहारा लिम्बू, कृपा दाहाल, बाब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, आसिका कार्की, अस्मिता मगर, मनिषा श्रेष्ठ, सविना तामाङ, पूजा गिरी, पूर्णिमा थारु, यमकुमारी विक, अनिता रानामगर, दीक्षा रानपाल र विपना परियारले पनि अन्तिम ३५ मा स्थान बनाएका छन् ।

साफ यू–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुँदैछ । च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया