श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपाललाई छिट्टै सडक बालबालिका मुक्त घोषणा गर्ने : मन्त्री सुडी

अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजना मस्यौदा तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले नेपाललाई छिट्टै नै सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा, मन्त्री सुडीले सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको, महिला सशत्तिकरण र विभेद अन्त्यका लागि विभिन्न संघसंस्थाहरुको सहकार्यमा उल्लेखनीय प्रगति हुँदै गएको बताउनुभयो ।

मन्त्री सुडीले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका २०८२ स्वीकृत भएको तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको जानकारी दिनुभयो ।

मन्त्री सुडिले आफ्नो कार्यकालको एक वर्षमा देशका विभिन्न अप्ठेरोमा परेका १३२ जना गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गरिएको तथा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना जगाउने खालका कार्यक्रमलाई विशेष रुपमा अघि बढाइएको जानकारी गराउनुभयो ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजना मस्यौदा तयार पारिएको र समाज कल्याण परिषद् मार्फत एकसाठि (६१) अर्ब सन्तानब्बे (९७) करोड रुपैयाँ बराबरको वैदेशिक सहयोग स्वीकृत भएको पनि पत्रकार सम्मेलनमा मन्त्री सुडिले जानकारी दिनुभयो ।

मन्त्री सुडीले महिलाको सशक्तीकरणसँगै बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको अधिकारका लागि तीन तहका सरकारबीच समन्वयमा साझा प्रयास आवश्यक रहेको त्यस अवसरमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार
बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी
२०८२ श्रावण ९, शुक्रबार