श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पारेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कानो (नाइजेरिया) । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ ।

नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो ।

गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् । उनीहरूले गाउँलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै वर्षभरि भइरहन्छन् ।

मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।

नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ । झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।

विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो । सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार