श्रावण १५, २०८२ बिहिबार July 31, 2025

शंकर पोखरेल र विप्लववीच वान टु वान छलफल

एमालेको आन्तरिक विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याबारे कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन् ।

आइतबार पोखरेलकाे निवासमा भेट भएको विप्लवका स्वकीय सचिव नारायण चन्दले बताए । सबै कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँग छलफल गर्ने नीति अनुसार नै पोखरेलसँग भेटवार्ता गरेको चन्दले बताए ।

पोखरेलसँगको भेटवार्तामा एमालेको आन्तरिक विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याबारे छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

‘महासचिव विप्लव काठमाडौं आएको दिनदेखि नै सबै कम्युनिस्ट पार्टीका दोस्रो पुस्ताका नेताहरूसँग छलफल तीव्र पार्नुभएको छ । वर्तमान नेतृत्वबाट वामपन्थीबिच एकता, सहकार्य र ध्रुवीकरणको सम्भावना देखिएन । दोस्रो पुस्ताका नेताहरूबाट केही हुन्छ कि भनेर भेट्नुभएको हो । यो क्रम अझै केही दिन जारी रहन्छ । हेरौं यसको परिणाम सकारात्मक हुन्छ कि ?’ चन्दले भने ।

विप्लवले शुक्रबार माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग ललितपुरस्थित बखुण्डोलमा र शनिबार दिउँसो माओवादीकै अर्का उपमहासचिव वर्षमान पुनसँग ललितपुर सातदोबाटोस्थित निवासमा करिब दुई घण्टा छलफल भएको उनकाे सचिवलयले जनाएको छ ।

विप्लवले पुष्पलाल स्मृति दिवसको अवसरमा असार ६ गते वामपन्थी शक्तिहरूबिच एकता र सहकार्यमा केही उथलपुथल हुने संकेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया