मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इङ्ग्ल्यान्ड २–१ को अग्रता, ओवलमा आज निर्णायक भिडन्त

भारत र इङ्ग्ल्यान्डको पाँचौं तथा अन्तिम टेस्ट आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन १५ । भारत र इङ्ग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आज लन्डनस्थित केनिङ्टन ओभल मैदानमा हुँदैछ। नेपाली समयअनुसार खेल बेलुकी पौने ४ बजे सुरू हुनेछ।

यो खेल शृङ्खलाको निर्णायक खेल हुनेछ, जहाँ इङ्ग्ल्यान्ड हालसम्म २–१ को अग्रतामा रहेको छ। चौथो टेस्ट बराबरीमा टुंगिएपछि पाँचौं खेल निर्णायक बन्न पुगेको हो।

इङ्ग्ल्यान्ड टोलीमा कप्तानको परिवर्तन भएको छ। नियमित कप्तान बेन स्टोक्स काँधको चोटका कारण अन्तिम टेस्टमा अनुपस्थित हुने भएका छन्। उनको ठाउँमा ओली पोप ले कप्तानीको जिम्मेवारी सम्हाल्नेछन्।

भारतका लागि ओभल मैदानमा इतिहास खासै सकारात्मक छैन। अहिलेसम्म ओभलमा खेलेका १५ टेस्टमध्ये भारतले केवल दुई खेलमै जित हात पारेको छ। बाँकी खेलमा भारतले हार तथा बराबरी व्यहोरेको छ।

यो खेल दुवै टिमका लागि प्रतिष्ठासँग पनि जोडिएको छ, जसमा भारत शृङ्खला बराबरी गर्ने लक्ष्यमा रहनेछ भने इङ्ग्ल्यान्ड घरेलु मैदानमा विजय सुनिश्चित गर्ने प्रयासमा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार