श्रावण १५, २०८२ बिहिबार July 31, 2025

प्रधानमन्त्रीद्वारा सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप)र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नेतृत्वसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठुलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्नुभएको हो ।

त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इट्टा टायल कारखाना)मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा गर्नुभयो ।

छलफलमा राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया