श्रावण १५, २०८२ बिहिबार July 31, 2025

विश्व फ्रिस्टाइल किक बक्सिङका अध्यक्ष नेपाल भ्रमणमा आँउदै

सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष बेलायती ब्रायन डब्लु बेक नेपाल आउने भएका छन्।

नेपाल किक बक्सिङ एसोसिएसनको आयोजनामा हुने चार दिने रेफ्री र प्रशिक्षक सेमिनारमा भाग लिन बेक साउन १६ नेपाल आउन लागेका हुन्। काठमाडौंको जडीबुटीस्थित फाइट क्लब नेपालमा आयोजना साउन १७ देखि २० गतेसम्म हुने कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ समेत हुने एसोसिएसनकी महासचिव बिन्दा नेपालीले बताइन्।

बिन्दा एसियन किक बक्सिङको स्वर्ण विजेता समेत हुन्। सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन्।

खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया