श्रावण १५, २०८२ बिहिबार July 31, 2025

कङ्गोमा विद्रोही आक्रमणमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो

कम्पाला र किन्सासाले एडिएफ विरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रण भएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साङ्घाई, साउन १२ गते । उत्तरपूर्वी कङ्गोमा ‘एलाइड डेमोक्र्याटिक फोर्स’का विद्रोहीहरूले आइतबार गरेको आक्रमणमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियान तथा कङ्गोको सेनाले जनाएको छ ।

सन् २०१९ मा इस्लामिक स्टेटप्रति समर्पित एडिएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएका बासिन्दामाथि आक्रमण गरेको स्थानीयले जनाएका छन् । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानका अनुसार आक्रमणमा नौ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ ।

प्रार्थनास्थल लक्षित आक्रमणहरू मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनका  मापदण्ड विपरीत भएको शान्ति अभियानका उपप्रमुख भिभियन भ्यान डे पेरेले बताउनुभयो । कङ्गोको सेनाले ‘नरसंहार’ को निन्दा गर्दै ‘करिब चालीस जना मारिनुका साथै र अन्य धेरै जना गम्भीर रूपमा घाइते भएको’ उल्लेख गरेको छ । एडीएफले ‘आतंक फैलाउने समूहमाथि बदला लिने निर्णय गरेको बताएको छ ।

स्थानीय स्रोतहरूले भने कम्तिमा ३५ जनाको मृत्यु भएको रिपोर्ट गरेका थिए । युगान्डाको सिमानामा रहेको इटुरी क्षेत्रमा महिनौँको शान्तिपुर्ण वातावरणपछि पुनः रक्तपात भएको हो । यसअघि, एडिएफद्वारा फेब्रुअरीमा आक्रमण भएको थियो, जसमा मम्बासा क्षेत्रमा २३ जनाको मृत्यु भएको थियो ।

इरुमु क्षेत्रको कोमान्डा सहर सोपो, उत्तरी किवु र मनिमालाई जोड्ने तीन अन्य प्रान्तहरूको पनि व्यापारिक केन्द्र हो । एडिएफ युगान्डाका विद्रोही हुन् जसले यस क्षेत्रमा कङ्गोली सशस्त्र बलको साथमा युगान्डाको सेना तैनाथ भएपनि उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हजारौं नागरिकको हत्या र लुटपाट गरेको छ ।

सन् २०२१ को अन्त्यमा, कम्पाला र किन्सासाले एडिएफ विरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रण भएको छैन । कङ्गोेली सेनाले एडिएफसँग बदला लिने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सतर्क रहन र कुनै पनि शङ्कास्पद व्यक्तिहरू फेला परेमा सेनालाई रिपोर्ट गर्न आह्वान गरेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया