श्रावण १५, २०८२ बिहिबार July 31, 2025

भुटानमा हुने एएफसी छनोटका लागि नेपाली यु-२० महिला टोली अन्तिम तयारीमा

एएफसी महिला यु–२० छनोटका लागि नेपाली टोली घोषणा, एक खेलाडी परिवर्तन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १२ गते । नेपालली टोली भुटानामा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोटको अन्तिम तयारीमा व्यस्त छ ।

छनोटको लक्ष्यका साथ तयारी गर्दै आएको नेपालले आइतबार मात्र प्रतियोगिता खेल्ने २३ सदस्यीय अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ ।

प्रशिक्षक यामप्रसाद गुरुङले हालै बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई टोलीमा समावेश गर्नुभएको छ ।

टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा महिला टोली उपविजेता बनेको थियो ।

छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब रहेको छ ।

समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।

नेपाली टोली

बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गङ्गा रोकाया, सजिना स्याङ्तान, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया