श्रावण १५, २०८२ बिहिबार July 31, 2025

बाग्मती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राती अबेरसम्म प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैँछ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथी आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ ।

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राती अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया