श्रावण १५, २०८२ बिहिबार July 31, 2025

इराकमा तैनाथ नेपाली सेनाको टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिकहरूको फिर्ती प्रक्रिया पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १३ । संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा शान्ति स्थापनार्थ खटिएको नेपाली शान्ति सैनिकको अन्तिम टोली आज स्वदेश फर्किएको छ। राष्ट्रसंघले इराक मिसन आगामी पुस १६ गतेसम्म मात्रै सञ्चालन गर्ने योजना अनुरूप २७ सदस्यीय अन्तिम टोली नेपाल फर्किएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यसअघि सोही मिसनमा खटिएका तीन वटा शान्ति सैनिक टोलीहरू क्रमशः स्वदेश फिर्ता भइसकेका थिए। आजको टोलीको आगमनसँगै इराकस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिकहरूको फिर्ती प्रक्रिया पूरा भएको छ।

शान्ति स्थापनाको लागि इराक पठाइएका नेपाली सैनिकहरूले राष्ट्रसंघको निर्देशन अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा सुरक्षाको जिम्मेवारी वहन गर्दै आएका थिए। उनीहरूले त्यहाँको स्थानीय सुरक्षालाई मजबुत बनाउन सहयोग गरेका थिए।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा विगत लामो समयदेखि सहभागी हुँदै आएको नेपाली सेनाको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुँदै आएको छ। शान्ति स्थापनाका कार्यमा नेपाल विश्वका एक अग्रणी योगदानकर्ता मुलुकका रूपमा चिनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया