काठमाडौँ । नेपालले एएफसी यु–२३ एसियन कप छनोट अघि कुनै मैत्रीपूर्ण खेल नखेल्ने भएको छ ।
एसियन फुटबल महासङ्घ (एएफसी)ले गरेको समूह विभाजनमा नेपाल समूह ‘के’ मा छ । यो समूहमा ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । तर, वरीयतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनोट खेल्न ताजकिस्तान जाने भएको हो ।
यु–२३ टोलीमा भएका अधिकांश खेलाडी सिनियर टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेलबिनै उज्बेकिस्तान जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया