श्रावण १५, २०८२ बिहिबार July 31, 2025

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, १४ साउन । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।

अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो ।

बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।यता, जापानको स्थानीय समाचारसंस्था एनएचकेले जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको जनाएको छ । सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको एनएचकेका उल्लेख छ ।

जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन् ।

रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

विगत १० दिनमा सोही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो ।  जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया