श्रावण १५, २०८२ बिहिबार July 31, 2025

हेटौंडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्याेट

उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १४ साउनः हेटौंडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्याेट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

समितिमा आर्थिक वर्ष २०८१-८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा फछ्र्योट भएका उपप्रमुख बानियाँले बताउनुभयो । समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय दिइएको, नौवटा उजुरी अन्य न्यायिक निकायमा पठाइएको, २० वटा उजुरी निष्क्रिय भएको र १२ वटा निवेदन फिर्ता भएका छन् ।

उपमहानगरपालिकामा आव २०७४-७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्याेट भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया