श्रावण १५, २०८२ बिहिबार July 31, 2025

रास्वपा संसदीय दलको बैठक भैरहवामा बस्दै

आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको उम्मेद्वार पनि तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक भैरहवामा बस्ने भएको छ । आज (बुधबार) भैरहवाको रमादा होटलमा बैठक बस्ने तयारी रहेको छ । बैठक अपरान्ह १ बजेदेखि सुरु हुने बताइएको छ ।

बैठकका लागि रास्वपाका सांसदहरु रुपन्देहीको भैरहवा पुगिसेका छन् । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा रुपन्देहीमा जेलमा छन् । पार्टी सभापति लामिछानेसँग भेट्ने र त्यही जिल्लामा दलको बैठक बस्नेगरि उनीहरु हिजो (मंगलबार) नै त्यहाँ पुगेका हुन् ।

संसदीय दलको सो बैठकमा आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको उम्मेद्वार पनि तय गर्ने बुझिएको छ । केन्द्रमा संसद्मा रास्वपा यतिवेला आन्दोलित छ ।

रास्वपा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आन्दोलित छ । अहिले संसद् बैठकमा रास्वपाको दैनिकी बैठकमा भाग लिने, उठ्ने र आफ्नो भनाई राख्ने र बहिष्कार गर्ने बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया