काठमाण्डौं, साउन १४ गते । तीन दिनसम्म भोक हड्तालमा बस्नु भएका मेयर तीर्थराज भट्टराई माग पूरा नभएपछि अनिश्चितकालिन अमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा मेयर भट्टराईले अमरण अनशन सुरु गर्नुभएको बताउनुभयो ।
बाँदर लगायत जङ्गली जनावारको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाइ कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदुषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने उहाँको माग छ ।
काठमाडौंबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनु पर्ने लगायतको माग मेयर भट्टराईले राख्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले सो माग राखेर साउन ११ गतेदेखि १४ गतेसम्म बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म भोक हड्तालमा बस्नुभएको छ ।
माग पूरा नभएसम्म सत्याग्रहमा बस्ने घोषणा गरेर काठमाडौँ जानुभएका मेयर भट्टराई भोक हड्तालबाट माग पूरा नभएपछि अमरण अनशन सुरु गर्नुभएको बताउनुभएको छ । माग पूरा नभएसम्म अनशन नतोड्ने मेयर भट्टराईले बताउनुभयो ।
कपाल मुण्डन गरेर बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी ओछ्याएर अनशन सुरु गर्नुभएका मेयर भट्राईले मृत्यु स्वीकार्न तयार रहेको तर अनशन नतोड्ने बताउनुभयो ।
सरकारसँग बार्ताका लागि नगरपालिकाका उपमेयर विसन राईको संयोजकत्यवमा समिति गठन गरिएको छ । तर हालसम्म सरकारी पक्षबाट कुनै ठोस सुनुवाइ भएको छैन ।
कपाल मुन्डन गरेर, खाली खुट्टा भोक हडतालका लागि बाँस लिएर सिंहदरबारको दक्षिण गेटमा साउन ११ गते पुग्नु भएका मेयर भट्टराईलाई माइतीघर मण्डलामा लगेर नेपाल प्रहरीले छाडेको थियो । मेयर भट्टराई माइतीघर मण्डलामा तीन दिनसम्म भोक हडतालमा बस्नुभएको थियो । सरकारी पक्षबाट माग पूरा नभएपछि उहाँले अनिश्चितकालीन अमरण अनशन सुरु गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया