हेटौडा, १४ साउन । संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज तीनजना मन्त्री नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुन लागिरहेको बेला लामाले आज अचानक तीन मन्त्री नियुक्त गरेका हुन् ।
जसअनुसार मुख्यमन्त्री लामाले कांग्रेसका प्रदेशसभा सदस्यहरू मध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेको जनाइएको छ ।
तर, हतार हतार गरेर तीन नयाँ मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया