कार्तिक २५, २०८३ बुधबार November 11, 2026

स्थानीय सीप विकासबिना जलविद्युत्को सम्भावना अपूर्ण हुन्छ : मन्त्री खड्का

सङ्खुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई शीपयुक्त बनाउनु आवश्यक र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संखुवासभा। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई शीपयुक्त बनाउनु आवश्यक रहेको बताउनुभएको छ।

खाँदबारी नगरपालिका–१ मा आजदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री खड्काले भन्नुभयो, “सङ्खुवासभा जलविद्युत्को ठूलो सम्भावना बोकेको जिल्ला हो। यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन्। यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक शीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।”
जलविद्युत्का ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न शीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताउनु भयो।

उहाँले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै भन्नुभयो, “सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ।”

तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन्। कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ। तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ।

मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा नै खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाउनुभयो। उहाँले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका शीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो।

कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो। नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।

सङ्खुवासभा जिल्लालाई जलविद्युत्को पुँजी मान्ने हो भने, यहाँको जनशक्ति नै सबैभन्दा ठूलो आधारशिला हो भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार