कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राजनीतिक र शासकीय दृष्टिमा सरकार सफलः मुख्यमन्त्री शाह

सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
सुदूरपश्चिम, २० साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताउनुभएको छ ।
सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ ।”
छिमेकी मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा आफ्नो नेतृत्वमा भएको औपचारिक भ्रमणका क्रममा भारतका दुई प्रदेशका मुख्यमन्त्रीलगायत उच्च पदाधिकारीसँग भएको भेटवार्ताले दुवै मुलुकका बीच कूटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुद बनाएको महसुस भएको मुख्यमन्त्री शाहले बताउनुभयो ।
सो अवसरमा सार्वजनिक गरिएको उपलब्धि विवरणमा एसियाली विकास बैङ्कले प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकासको अध्ययन गरी सोको प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्नु र उक्त बैङ्कले लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी लगायतकोे सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको उल्लेख छ ।
एसियाली विकास बैङ्कको प्रतिवेदनमा उल्लिखित पाँच महत्वपूर्ण परियोजनालाई सुदूरपश्चिममा गर्न लागिएको लगानी तथा विकास सम्मेलन लगानीकर्ताका लागि प्रस्तुत गरिने बताइएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेश साक्षर प्रदेश घोषणा हुनसक्नु, एक वर्षमा १८ ऐननियम निर्देशिका तथा कार्यविधि जारी हुनु, प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७० दशमलव २२ प्रतिशत वित्तीय प्रगति हुनुलाई सरकारले उपलब्धि मानेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट प्रदेशहरुमध्ये सबैभन्दा बढी ५१ दशमलव ६ प्रतिशत अङ्क प्राप्त गरी सुदूरपश्चिम प्रदेश पहिलो हुनु र चालु वर्षमा स्थानीय तहमा वित्तीय हस्तान्तरणको परिणाम वृद्धि भएको उपलब्धि विवरणमा समेटिएको छ ।
उपलब्धि विवरणमा भौतिक विकासतर्फ थप ३५५ किलोमिटर सडक निर्माण, थप एक हजार ६२८ हेक्टर जग्गामा सिँचाइ सुविधा, थप २७ किमी तटबन्ध निर्माण, २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त प्राप्त हुनु, खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत नेपाल सरकार खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा प्रदेशको कैलाली र डोटीका विभिन्न पालिकामा रु १३ अर्ब ३८ करोड ७० लाख रकम बराबरको आयोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आयोजनाको काम प्रारम्भ भएको उल्लेख छ ।
अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा अस्पताल र डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति तथा  सञ्चालनको प्रक्रिया अघि बढेको जस्ता गतिविधिलाई पनि उपलब्धिमा समेटिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार