श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा सचिवालयको बैठक १८ गतेसम्मको लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

शनिबारको लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मको लागि स्थगित भएको हो । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा डेढघण्टासम्म भएको  छलफलबाट बैठक स्थगित गर्ने निर्णय भएको हो।

सचिवालय सदस्यद्वय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पीएसओसहित ९ जना सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि सचिवालयको बैठक १३ गतेलाई तय भएको थियो । नेता नेपाल झन्डै सातदिन होम क्वारेन्टिनमा बसेको थिए ।

बैठकमा नेकपा कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको थियो । पार्टीभित्र विवाद उत्पन्न भएपछि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार