काठमाडौँ । नेपाल प्रहरीका ३५ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आज (बुधबार) आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।
सरकारको हालैको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा ११ जना, प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा १३ जना गरी जम्मा ३५ जनालाई पदोन्नति गरिएको हो।
प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति पाउनेहरू
तुल बहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल।
प्रहरी उपरीक्षकमा पदोन्नति पाउनेहरू
अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेमसागर केसी, डिलबहादुर महत, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्का।
प्रहरी नायब उपरीक्षकमा पदोन्नति पाउनेहरू
बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्रबहादुर खड्का र होमप्रसाद अधिकारी।
दर्ज्यानी चिन्ह वितरण समारोहमा आईजीपी थापाले पदोन्नतिसँगै पाएको जिम्मेवारीलाई संगठनको बृहत्तर हितका लागि थप कटिबद्ध र जिम्मेवार रहँदै सामूहिक भावनासहित कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया