चैत्र २८, २०८२ शनिबार April 11, 2026

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ ।

गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो ।

महोत्तरीको बर्दिबासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो ।

पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो ।

यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरू खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरेको छ । दुई दिनभित्र बेलीब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने
२०८२ चैत्र २८, शनिबार
इजरायलको हितलाई प्राथमिकता दिन सकिदैन : इरान
२०८२ चैत्र २८, शनिबार
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
२०८२ चैत्र २८, शनिबार
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल
२०८२ चैत्र २८, शनिबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
२०८२ चैत्र २८, शनिबार
लेँक लागेर बिरामी भएका ६ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण
२०८२ चैत्र २८, शनिबार
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई
२०८२ चैत्र २८, शनिबार