काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ। उहाँ भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएपछि मध्यरातमा दुबई हुँदै काठमाडौं आइपुग्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका उपप्रधानमन्त्रीले स्थानीय समयअनुसार बिहान साढे ८ बजे बिदाई गर्नुभएको थियो।
यस भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्मेलनका विभिन्न सत्रहरूमा सहभागी भई नेपालका तर्फबाट धारणा राखेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया