कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कास्कीमा ६.४ किलो अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ

पक्राउ परेकाको साथबाट ४४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६६५ रुपैयाँ समेत बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, साउन २४ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट सुरु गरिएको अपरेशन अन्तर्गत रातभर चलाएको कारबाहीमा उनीहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाको साथबाट ४४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६६५ रुपैयाँ समेत बरामद गरिएको छ। बरामद गरिएको सुनको बजार मूल्य करिब १० करोड ९७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइनेछ।

गोप्य सूचनाको आधारमा पोखरा महानगरका वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध सुन तथा चाँदीको कारोबार भइरहेको शंकामा शुक्रबार दिउँसो ४ बजेदेखि कारबाही सुरु गरिएको थियो।

पक्राउ पर्नेहरूमा राजेन्द्र रामचन्द्र जगताप (४१), मनिकलाल आदक (४५), सन्दीप ढाव (३५), सोमनाथ पाल (४१), दीपक सामन्त (४७), गोविन्दा दिण्डा (४७), असित वर (३५), तापस सामन्त (४४), उज्वल भोमिक (३८), सुनिता पवार (४०) र प्रोभास माझी (४९) रहेका छन्।

प्रहरीका अनुसार उनीहरू भारतको कोलकाता र पश्चिम बंगालका बासिन्दा भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार