कार्तिक २५, २०८३ बुधबार November 11, 2026

बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए शपथ

आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नवनियुक्त ५ मन्त्रीले शपथ गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गर्नसाथ कांग्रेस केन्द्रीय नेतृत्वसँग सहकार्य र समन्वय गरी उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री उर्मिला केसीलाई प्रदेश प्रमुखले सपथ ग्रहण गराएका थिए ।

मुख्यमन्त्री बानियाँले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान गरेका छन् पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर बानियाँ कांग्रेस नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री बनेका हुन् । उनले एमाले कोटाका ६ जना मन्त्री यसअघि नै नियुक्त गरी शपथ गराइसकेका छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार