कार्तिक २५, २०८३ बुधबार November 11, 2026

विद्युत प्राधिकरणले पाई–पाई हिसाब गरेर बक्यौता असुल गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्ता कम्पनीहरुले प्राधिकरणलाई २२ अर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले पाई–पाई हिसाब गरेर बक्यौता असुल गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता एक–एक गरेर तिर्नुपर्ने बताएका हुन् । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्ता कम्पनीहरुले प्राधिकरणलाई २२ अर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । उक्त बक्यौता १०औं वर्षसम्म पनि नउठाएको भन्दै मन्त्री खड्काले आक्रोश व्यक्त गरे ।

‘१०औं वर्ष वक्यौता नउठ्दाखेरी यो वक्यौता उठाउने जिम्मेवारी हाम्रो हो, गर्नुपर्छ भन्ने लागेन तपाईँहरुलाई ? सरकारले के गर्दिन पर्ने ? तपाईँहरुलाई सम्पूर्ण जिम्मा दिएको छ । सरकारले जुन कानून भन्यो त्यो गर्दिएको छ । जसरी गर्नुस् भनेको छ, त्यो गर्दिएको छ । खाली भनेको यतिमात्रै हो नि सरकारले– कति प्रयोग गरेका हुन् उनीहरुले ? त्यो प्रयोग गरेको लेउ । प्रयोग नगरेको कुरामा हुलाकबाट चिठी पठाएजस्तो बिल पठाएर पैसा माग्न पाइँदैन नि । त्यसका आधारहरु हुन्छन्, प्रयोग गरेको तिर्नुपर्छ । उद्योग धन्दामा पनि बैंकको लगानी जोडिएको छ । प्रयोग गरिएको कुरा एक–एक गरेर तिर्नुपर्छ । त्यति क्षमता त राख्नुपर्यो नि प्राधिकरणले । दसौं वर्षसम्म किन लाग्यो ? वक्यौताहरु हिसाब गरेर पाई–पाई असुल गर्नुपर्छ,’– उनले भने ।

उनले नेपालको सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा रहेको बताए । अहिले रासायनिक मल कारखाना खोल्ने कुरा भइरहेको र त्यसका लागि समेत हजारौं मेगावाट विद्युत खपत हुने उनले बताए । ‘हाम्रो सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा क्षेत्र हो । हामीले मल कारखानाको कुरा गरिराखेका छौं । एउटै मल कारखानामा हजारौं मेगावाट विद्युत आवश्यक पर्छ । डेटा सेन्सर नेपालमै राख्न पाए हुन्थ्यो भनेर हामीले कुरा गरिराखेका छौं,’– उनले भने ।

साथै, उनले वर्तमान सरकारले निश्चित कामहरु गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिराखेका पनि बताए । उनले लामो समय स्थिर सरकार नहुँदा मुलुकले थुप्रै समस्या भोगेको बताए । अब सधैं समस्याको कुरामात्रै गरेर दिन टार्न नहुने बताउँदै उनले लक्ष्य पहिल्याउन कुद्ने प्रयत्न गर्नुपर्ने बताए ।

‘दुईवटा ठूला दलहरुसमेतको गठन भएको यो सरकार स्थिर सरकार हो । स्थिर सरकारले निश्चित काम गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ सरकारले काम गरिराखेको छ । केही टीकाटिप्पणीहरु छन्, नभएका होइनन् । लामो समय स्थिर सरकार नहुनका कारण, द्वन्द्वका कारण, विपद्का कारण मुलुकले थुप्रै समस्याहरु भोगिसकेको छ । अब सधैं समस्याको मात्रै कुरा गरेर हामीले दिन टार्नेमात्रै अवस्था रहँदैन । समस्यासँगै प्रगतिका कुरा गर्नुपर्छ, लक्ष्यका कुरा गर्नुपर्छ । संसारले हामीहरुलाई धेरै टाढा छोडिसकेको अवस्था छ । लक्ष्य पहिल्याउन पनि हामीले बामे सरेर हुँदैन, केही न केही कुद्ने प्रयत्न गर्नुपर्छ । अब यो सरकार कुद्ने प्रयत्नमा छ,’– उनले भने ।

उनले थुप्रै कानूनहरु संशोधन भएको, लगानीको मोडालिटी परिवर्तन गर्ने तयारी रहेको र सरकारले विभिन्न क्षेत्रमा लक्ष्यहरु लिएर अगाडि बढेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार