काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ ।
आइतबार काठमाडौं आइपुगेका सचिव मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र आपसी चासोका विषयमा सामान्य छलफल भएको बताइएको छ ।
मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक नेतृत्व तथा अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया