काठमाण्डौंः रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ४३५ बजे अस्पताल भर्ना भएका उनको आज मध्याह्न साँढे १२ बजे मृत्यु भएको हो । मृतक मुटु , मधुमेह र प्रेसरको बिरामी समेत रहेको चिकित्सकले जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया