असार २८, २०८२ शनिबार July 12, 2025

लोकन्थलीका एक कोरोना सङ्क्रमित पुरुषको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ।

पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका- १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पूरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।

सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले एक सातामा पीसीआर परीक्षण गरिने बताए।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिए । यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका-१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिए।

भक्तपुरमा हालसम्म चारचार महिला र  पुरुष  सङ्क्रमितको मृत्यु भएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया