वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

मन्त्रिपरिषदको बैठक सकियोः यातायात र आन्तरिक हवाई उडान भदौ महिनाभर चल्न नदिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मन्त्रिपरिषद्को बैठक भर्खर सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा साँझ पौने ६ बजेदेखी पौने ९ बजेसम्म बसेको बैठकले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले भदौ १५ सम्मका लागि स्थगित गर्ने पूर्व निर्णयलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए । यस्तै बैठकले सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानालाई ल्हासा र हङकङको महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ।

दुवै स्थानमा महावाणिज्यदूत रिक्त थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रहेका ढकाल ल्हासा र झापाका प्रमुख जिल्ला अधिकारी रहेका राना हङकङ जानेछन्। उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ।

ल्हासाका महावाणिज्यूत रहेका गोविन्द कार्की र हङकङका महावाणिज्यदूत कमल भट्टराई कार्यकाल पूरा गरी केही समयअघि नेपाल फर्किएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया