वैशाख १८, २०८१ मंगलबार April 30, 2024

समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य : प्रधानमन्त्री

नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ।

शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो।

सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।”

सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै ऊर्जा र प्रेरणा दिएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।”

सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति ऊर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार
इलाम-२ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा
२०८१ वैशाख १८, मंगलबार
अनेरास्ववियुले स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने
२०८१ वैशाख १८, मंगलबार
सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त
२०८१ वैशाख १८, मंगलबार