जेठ ४, २०८१ शुक्रबार May 17, 2024

फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा

यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेभ्यु गर्ने भएकी छन् । सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन् ।

विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन् ।

विराजले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ ।

एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया