कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘लालिबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो ५ करोड भ्युज

गीतले देश–विदेशमा पुर्‍यायो आफूलाई : स्वस्तिमाले व्यक्त गरिन् खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ कात्तिक । नेपालमा सफलतापूर्वक प्रदर्शन भएर ५१ औँ दिन मनाउन सफल फिल्म ‘लालिबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ । षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो उपलब्धि हासिल गरेको हो ।

गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । उनले एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’

स्वस्तिमाले यो भनाइ गीतले पाएको सफलताप्रति खुसी व्यक्त गर्ने क्रममा लेखेकी हुन् । फिल्म ‘लालिबजार’को यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति छ । खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ । गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन् ।

युट्युबमा लोकप्रिय बनेको यो गीतले टिकटक र इन्स्टाग्राम रिल्समा पनि दर्शकको ध्यान खिचेको छ । गत वैशाख २५ गते नेपाल रिलिज भएको फिल्म ‘लालीबजार’ दसैँको अवसर पारेर ओटीटी प्लेटफर्म डिगोमा रिलिज गरिएको छ । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको फिल्म ‘लालीबजार’ डिगोमा रिलिज भएसँगै डायस्पोराका नेपालीले हेरेर सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिईरहेका छन् । फिल्म राम्रो रहेको भन्दै सकारात्मक प्रतिक्रिया फिल्मले प्राप्त गरिरहेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार