जेठ ४, २०८१ शुक्रबार May 17, 2024

अनेरास्ववियुले स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने

विद्यार्थी महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरु प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले स्थापना दिवसको अवसर पारेर विद्यार्थी महोत्सव गर्ने भएको छ ।

अनेरास्ववियुले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव आयोजना गर्न लागेको हो ।

स्थापना दिवसलाई ऐतिहासिक बनाउने हेतुले विद्यार्थी महोत्सव गर्न लागेको अनेरास्ववियुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्म गिरीले बताए ।

‘सूचना प्रविधीमा नेपालले के गर्दै छ ? विश्व जगत एआइमा पुग्दा नेपाल कहाँ पुग्यो ? कहाँ चुक्यो? भन्ने विषयको खोजका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएको छौं’ उनले भने । महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ ।

विश्वविद्यालयका इनोभेटिभ प्रतिभाहरुमार्फत विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने हेतुले महोत्सवको आयोजना गरेको बताएको आयोजकले करियर काउन्सिलिङ गर्ने, युवा सांसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी ,विश्वविद्यालय जानकारी, कानूनी शिविर,लाइभ पेन्टिङ प्रतियोगिता,चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका विविध चौधवटा कार्यक्रमलाई महोत्सवमा समावेश गरेको बताएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विद्यार्थीलाई पढाईंसँगै सिप र उद्यमसँग जोड्न महोत्सवले भूमिका खेल्नेछ ।

‘नयाँ पुस्ताका विद्यार्थीलाई देशको संस्कृतिसँग जोड्न विविधतायुक्त कल्चरल प्रस्तुतसहित यावत् कुराको ज्ञान र अध्ययनको केन्द्र यस महोत्सवमा राख्ने र देखाउने जमर्को गरेका छौं’ अध्यक्ष बडालले भने ।

महोत्सवमा नेपालमा विद्यार्थीको मूल्य, गुणस्तर र प्रवर्धनका लागि शिक्षाविद्, विद्यार्थी र सरोकारवालाहरूसँग छलफल समेत गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार