काठमाण्डाैंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि १० वटा एजेण्डा सार्वजानिक गरेका छन् । सामाजिक संजाल फेकबुक मार्फत वरिष्ठ नेता पौडेलले देश र पार्टी सुधारका लागि भन्दै आफ्ना १० एजेण्डा सार्वजानिक गरेका हुन् ।
उनले आफुले नारा लगाउने मात्र काम नगरेको भन्दै गर्नुपर्ने काम धेरै गरेको र भन्न पनि धेरै भनेको बताएका छन् । पौडेलले सार्वजानिक गरेका १० एजेण्डामा नेपालको बर्तमान संविधान लागु गर्ने, नेपाली कांग्रेसको विधानको पालना गर्ने गराउने, नेपालको उन्नतीको बाटो देखाउने, नेपालमा सुशासन लागु गर्ने छन् ।
आफ्नो एजेण्डामा पौडेलले नेपालको असंलग्नता र तटस्थता बचाउने, नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने, नेपाली जनतामा देशभक्तीको भावना जगाउने, नेपाली संस्कृति परम्परा र नेपाली विषेशताको पहिचान गराउने र नेपाली कांग्रेस विचार शुन्य र दिशाविहिन छैन भन्ने सावित गराउने आफ्ना एजेण्डामा उल्लेख गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया