श्रावण १, २०८२ बिहिबार July 17, 2025

हजारौं मानिसको पिसिआर परीक्षण गर्न सरकारसँग गगन थापाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले काठमाण्डौंमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्क भएका व्यक्ति) बाहेक पनि हजारौं मानिसको पिसिआर परीक्षण गर्न सरकारसँग माग गरेका छन् ।

बूढानिलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।

आज आइतबार आफ्नो सामाजिक संजाल फेसबुक अकाउन्टमा बूढानीलकण्ठको घटनाको विस्तृत विवरण राख्दै थापाले कन्ट्याक्ट ट्रेसिङबाहेक जाेखिममा रहेका अन्य व्यक्तिकाे पनि काेराेना परीक्षण गर्न सरकारसँग माग गरेका हुन् ।

हेरौं, थापाले सामाजिक संजाल फेसबुकबाट

गत साता बूढानिलकण्ठ नगरपालिकामा गएरै नगरपालिका भित्र पहिचान भएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको साथै उच्च जोखिममा रहेका समूहको पनि पहिचान गरी ठुलो संख्यामा परीक्षण गरौँ भन्ने प्रस्ताव राखेको थिए । सो प्रस्ताव र निर्णय बमोजिम ५१४ जनाको परीक्षण गरिएकोमा ६५ जनामा पोजेटिभ आएको छ। यस कार्यमा मद्दत गर्ने बूढानीलकण्ठ नगरपालिकाको सम्पूर्ण टिम र नेपाली सेनालाई धन्यवाद !

पोजेटिभ मध्ये २७ जना संक्रमितको सम्पर्कमा आएका अर्थात् कन्ट्याक्ट ट्रेसिङ मार्फत टेस्ट गरिएमध्ये हुन तर ३८ जना उच्च जोखिमयुक्त समूहमा परीक्षण गर्दा पोजेटिभ भेटिएका हुन् । ती ३८ जना नै लक्षण नभएका व्यक्तिहरू हुन। हामीले यसरी परीक्षण नगरेको भए समाजमा सबैभन्दा धेरै घुलमिल हुने ती व्यक्तिहरूबाटै समुदाय स्तरमा संक्रमण फैलिने जोखिम झन् बढी रहन्थ्यो ।

यसले पुष्टि गरेको छ कन्ट्याक्ट ट्रेसिङ बाहेक पनि परीक्षण व्यापक बनाएर जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण गर्नुपर्छ। त्यसैले स्थानीय सरकारसंगको समन्वयमा जोखिमयुक्त समूहको पहिचान गरी निषेधाज्ञाको यो अवधि भित्रै काठमाडौँमा हजारौँको परीक्षण गर्न नेपाल सरकारलाई आग्रह गर्दछु ।

बूनपा भित्र पहिचान भएका ६५ जनाकै कन्ट्याक्ट ट्रेसिङ र टेस्ट गर्नेछौँ । जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण गर्ने काम पनि निरन्तर गर्नेछौँ । नगरवासीलाई नआत्तिन र कन्ट्याक्ट ट्रेसिङ लगायतमा सहयोग गर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र कुनै समस्या भएमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिसंग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार