कार्तिक २५, २०८३ बुधबार November 11, 2026

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक यातायात महासंघद्वारा आह्वान

अव्यावहारिक विषयहरू संशाेधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषयहरू संशाेधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ।’

जबर्जस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालयमातहतका निकाय नै जवाफदेही हुने महासंघले चेतावनी दिएको छ।

नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार