कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने उपप्रधानमन्त्री सिंहको दाबी

सरकारले कडाइका साथ अनुगमन गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेकोले सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताउनुभयो ।

अधिकारको बारेमा उपभोक्ता, व्यवसायी, जनप्रतिनिधि लगायतको सुझाव सङ्कलन गरि लिपिबद्ध गर्ने उल्लेख गर्नुभयो । किसान, व्यवसायी र उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य निर्धारणमा सरकारले ध्यान दिने सिंहले उल्लेख गर्नुभयो । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उहाँले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तर संवादले उपभोक्ताको हक अधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य आपूर्ति तथा उद्योग विभाग प्रमुख गुरु बरालले जनजीविका र चुलो चौको महँगो भएको बारेमा पनि राजनीति गर्नेहरू चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य गंगा शाहीले पार्टीले उपभोक्ताहरूलाई जागरूक बनाउनुपर्ने बताउनुभयो ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उपभोक्ताको अधिकारमा पार्टीको प्रदेश समितिले पनि सरकारलाई ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार